Share Icon

२९ माघ काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित खनियाबास गाउँपालिका वडा नं. १ का सोनाम बहादुर तामाङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा खनियाबास गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय खनियाबास गाउँपालिका वडा नम्बर १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा शिक्षा, स्वास्थ्य र भौतीक पुर्वाधारलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुमा शिक्षकको व्यवस्थापन गर्दै शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई विउवीजन वितरण गर्ने काम भइरहेको छ ।”

वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई पालिका स्तरबाटै कार्यक्रम तथा सिप मुलक तालिमहरु रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अरु वडा भन्दा अब्बल वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon