राजापुर प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई विदाई

Share Icon

◊सागर परियार

१८ फागुन, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा आज प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई विदाई गरिएको छ ।

राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीको सभाध्यक्षतामा गरिएको विदाई कार्यक्रमलाई सम्बोधन गदे उप प्रमुख चौधरीले प्रमुख प्रशासकियको कामको उच्च प्रसँसा गर्दै फेरि पनि राजापुर नगरपालिकामा फर्केर आउन आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

यस्र्र्तै वडा नं. ४ का अध्यक्ष विदुर पोखरेलले राजापुरको विकास निमार्णको काममा लगनशिल,इमान्दार सुशासन र नितिनियमको पालना गर्दै आफ्नो  सफल कार्यकाल विताउनु भएकोमा धन्यवाद दिदै खजुरा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको भुमिका निभाउनु हुनेछ । भन्ने कुरामा आफु विस्वस्थ हुर्दै आगामी कार्यकालको शुभकामना दिनु भएको थियो ।

विदाइ कार्यक्रममा सम्पुर्ण कर्मचारीहरुले राजापुर नगरपालिकामा सबैको मन जितेर कामगर्न सफल भएझैं  आगामी दिनको कार्यकालको शुभकामना दिदै मायाको चिनो,फुलमाला र दोसल्ला सहित विदाई गरिएको  हुन ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.