वडामा अवैध कुखुराकाे चल्ला, मासु तथा अण्डा बेच्न प्रतिबन्ध

Share Icon

काठमाडाैं । रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा नम्बर ११ काे कार्यालयले वडाभित्र अवैध कुखुराकाे चल्ला, मासु तथा अण्डा बेच्न प्रतिबन्ध लगाएकाे छ ।

वडा कार्यालयले आज एक सूचना जारी गर्दै वडाभित्र अवैध कुखुराकाे चल्ला, मासु तथा अण्डा बेच्न प्रतिबन्ध लगाएकाे हाे ।

वडा अध्यक्ष बिष्णु बराल क्षेत्रीले वडा नं ११ को क्षेत्रमा विदेशी अवैध कुखुरा (बोईलर), चल्ला तथा अण्डा लगायतका मासु बिक्रि वितरण भइरहेको भेटिएको हुँदा सो सम्बन्धमा यस वडाको ध्यान केन्द्रित भएको बताउनु भयाे ।

उहाँले वडामा सञ्चालित सम्पुर्ण फर्म तथा फ्रेस हाउसहरुले समेत अवैध रुपमा ल्याइएका जिउँदो कुखुरा तथा मासु बिक्रि वितरण नगर्न पनि अनुराेध गर्नुभयाे ।

साथै सो कार्य परिपालना नगरेमा नियमअनुसार कारबाही हुने समेत उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे,’सम्पुर्ण टोल विकास संस्थाहरुलाई आफ्नो टोलमा सो कार्य
भएको / नभएको तिरिक्षण गरि वडा कार्यालयसँग समन्वय गर्नुहुन अनुरोध गरिएकाे छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.