Share Icon

काठमाडाैं । बर्दियाकाे गेरुवा गाउँपालिका वडा नं. ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गेरुवा गाउँपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गणेशपुरमा अध्ययनरत १४ जना र सरस्वती आधारभूत विद्यालय बनकट्टीका २३ विद्यार्थी गरी ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरी विद्यालयले छनोट गरेर पठाएका जेहेन्दार, अपाङ्ग, दलित, विपन्न परिवारका छात्रछात्राहरुलाई झोला, कापी, कलम, ज्यामिती बक्स वितरण गरिएको हो ।

गेरुवा गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य, अभिभावक, विद्यार्थी, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक चक्र प्रसाद उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमान सिंह धामी, सरस्वती आविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश दहित लगायतको सहभागिता रहेको थियो ।

अतिथिहरुबाट शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रमको संचालन वडा सदस्य जमान सिंह कडायतले गर्नुभएको थियो । वडा अध्यक्ष चौधरीले शिक्षालाई आफुहरुले विशेष प्राथमिकता दिएको बताउँदै आगामी आर्थिक बर्षमा शिक्षामा अझै थप बजेट छुट्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

Facebook Comments Box

Share Icon