Share Icon

१९ पाैष, काठमाडाैं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरी(माइकल) ले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १६ का वडावासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु उहाँले ल्याएका छन् ।

पुर्व अध्यक्षकाे पालामा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै , विकास निमार्णका कार्यहरु  अगाडि बढाएकाे  वडा अध्यक्ष माइकलले जानकारी दिनुभयो ।

वडामा स्वास्थ्य, शिक्षा, कृषि, बाटो सडक,तटबन्ध,महिला विकासका तालिम,लैगिंक हिंसा जनचेतना मुलक कार्यक्रम तथा भौतिक पुर्वाधारविकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका वडा अध्यक्ष  माइकलले बताउनुभयो ।

त्यस्तै वडामा अहिले श्री जन ज्योति मा.विद्यालयमा पर्खाल, गेट तथा रगं रोगन गर्ने काम सम्पन्न भएको समेत उहाँले जनाउनुभयाे ।

वडा खबरसगं कुरा गर्दै वडा अध्यक्ष माइकलले भन्नुभयो, ‘वडामा पहिलो प्राथमिकता कृषिलाई दिँदै कृषि क्षेत्रको लागि कृषिका समस्याहरु निहाल्दै कृषि औजार, नयाँ विउ विजन, मल वितरण गरेको तथा स्वास्थ्य, शिक्षालाई पनि बिशेष महत्वमा राखेर काम गरिरहेको छाैं।,यसैगरी वडामा पलाष्टिक जन्य सामाग्रीको अन्त्य गर्न पाचँ दिने उद्ममशिलता तालिम सञ्चालन गरेको छाैं।’

त्यस्तै स्वास्थ्य क्षेत्रको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको र अपांग तथा वृद्ध, वृद्धाहरु विरामी पर्दा घरमै गएर स्वास्थ्य सुविधा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

यस वडामा सबैभन्दा धेरै समस्या भनेको बाटोको रहेको र आफ्नो कार्यकालमा बाटोको समस्या समाधान गर्ने लक्ष्यका साथ काम गरिरहेको वडा अध्यक्ष माइकलले बताउनुभयो।

त्यस्तै उहाँले भन्नुभयो, ‘वडामा धेरै योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको छ।, मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।’

Facebook Comments Box

Share Icon