Share Icon

११माघ, काठमाडाैं ।   नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्।

यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ ।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लास्थर्त  भूमे गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष टेक प्रसाद बुढा ।

भूमे गाउँपालिका वडा नं. ५ मा टेक प्रसाद बुढा वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भूमे गाउँपालिकामा  वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

यस अघिको २०७४ सालको कार्यकाल पनि टेक प्रसाद बुढाको भएको विकास र जनले बुढालाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ ।”

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।”

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं।

बिधुतमय वडा बनाउन पाउँदा सारै खुसी लागेको हाम्रो वडालाई अध्यारो मुक्त भएको छ । सडक लगायतका योजनामा निरन्तरता दिन पाएको हर्षित भएको उल्लेख गर्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन। यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

पछिल्लो समय भूमे गाउँपालिका वडा वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । उहाँले जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको अध्यक्ष टेक प्रसाद बुढाले बताउनुभएको छ ।

वडा अध्यक्ष बुढाले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु।”

उहाँले भन्नुभयो, ‘किसानलाई प्रोत्साहन गर्ने किसिमका कार्यविधि बनाई वडाले किसानको कृषि उत्पादनमा लाग्ने लगानीमा पनि आवश्यकता अनुसार अनुदान दिएको छु ।’

वडा अध्यक्ष बुढाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता शिक्षा, स्वस्थ्य र सडकलाई दिदैँ वडा नम्बर ५ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

शिक्षामा बिशेष जोड दिएका त्यसैले गर्दा पनि अहिले विद्यार्थिको शिक्षामा महो बढिरहेको कुरा उल्लेख गर्नुभयो ।

वडा कार्यालयकाे भवन नभएको अब चाडै भवनको काम पनि सुरु हुने साथै वडाकार्यालयकाे भवनबाट वडाका सेवा सुबिधा प्रदान गर्ने साथै हामी निरन्तर वडालाई विकास निर्माण संग जोडन लागिपरेको कुरा उल्लेख अध्यक्ष बुढाले गर्नुभयो ।

हामीले सम्रग वडाको विकास निर्माणमामा लागी परेका छौं । वाटोको लागी हामीले बिशेष पहल गरेको छौं । यस वडामा बाटोको समस्या रहेको साथै शिक्षामा बिशेष जोड दिएको अध्यक्ष बुढाले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon