वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष शाही

Share Icon

१० फागुन, काठमाडाैं।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार)(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ९ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा चन्द्र वहादुर शाही निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ९ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष चन्द्र वहादुर शाहीले बताउनुभयो।

९ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ९ का अध्यक्ष चन्द्र वहादुर शाहीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ ।’

उहाँले थप्दै भन्नुभयो, ‘आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु’ ।”
वडा अध्यक्ष शाहिले भन्नुभयो, ‘वडा नम्बर ९ मुक्त कमैया,सुकुमबासीहरुको बस्ती रहेको वडा हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘यो वडाको मुख्य समस्या लागु पदार्थ दुर्व्यसनमा धेरै बालबालिका तथा युवाहरु फसेका छन। त्यसैले गर्दा पनि पहिलो प्रथामिकतामा शिक्षालाई राखेर समग्र वडाका गतिबिधि अगाडि बढाएको छौ।’

हामी निरन्तर रुपमा लागी परेको छौ । वडाबासीका हरेक समस्याहरु समाधान गर्दाै वडाबासीलाई विकास, निर्माणका गतिबिधि संग जोडने प्रयत्नमा रहेको वडा अध्यक्ष शाहीले बताउनुभयाे ।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय पेशामा आबद्ध रहनुभएका शाही वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

वडा अध्यक्ष शाहीले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

म एकदमै भाग्यमानि भएको महशुस गरेको छु । वडाका हरेक गतिबिधिहरुमा वडाबासिको साथ सहयोग पाएको छु । म वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा बहुमतले जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.