राजापुर नगरपालिका वडा नम्बर ६ काे कार्यालयद्धारा स्वयं सेविकालाई सम्मान स्वरूप दराज वितरण

Share Icon

२ फागुन , काठमाडौं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान स्वरूप दराज वितरण गरेको छ।

मंगलबार वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान स्वरूप दराज वितरण गरेको हो।

वडामा रहेका १२ महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई दराज वितरण गरिएको हाे ।

आर्थिक वर्ष २०७९/८० काे  बिनियाेजित बजेटबाट वडामा रहेका सम्र्पुण महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई  सम्मान स्वरूप दराज वितरण गरिएको राजापुर वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्याैपाने बताउनुभयो ।

राजापुर नगरपालिका वडा नं. ६ ले महिला स्वास्थ्य स्वयं सेविकाहरू सहयोग शिर्षकमा १ लाख  २० हजार रुपैँया बिनियोजित गरेको थियो ।

सोही शीर्षकबाट बाह्रै जना महिला स्वास्थ्य स्वयं सेविकालालाई  १/१ थान दराज वितरण गरिएको वडा अध्यक्ष न्याैपानेले  जानकारी दिनुभयो ।

उहाँले महिला स्वास्थ्य स्वयं सेविकालालाई  उत्प्रेरणा, हाैसला दिन दराज वितरण गरिएकाे बताउनु भयाे ।

अध्यक्ष न्याैपानेले  भन्नुभयाे, ‘ स्वास्थ्य स्वयं सेविकाहरूले दराज पहिले देखि नै माग गरिरहनुभयाे थियाे,  उहाँहरूलाई औषधि तथा फाइल सुरक्षित राख्न दराज आवश्यक पनि हुनाले वडाबाट दराज वितरण गरिएकाे हाे ।’

महिला स्वास्थ्य स्वयं सेविकालाई  दराज  वितरण कार्यक्रममा वडा नंं.६  का वडा सदस्य, कर्मचारी, महिला स्वास्थ्य स्वयं  सेविका, समाजसेवी  लगायतको सहभागिता रहेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.