नमूना वडा बनाउने याेजनामा रहेकाे छुः अध्यक्ष बस्नेत
२५ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ।
जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र क्षेत्रफल १४४.६० वर्ग किलाेमिटर रहेको छ। यस गाउँपालिकामा विशेष गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ। साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की र भुजेल लगायतका अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। साेही गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ।
थुलुङ दुधकोशी गाउँपालिका-२ का वडा अध्यक्ष युजन बस्नेले सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । खानेपानी सबै वडावासीकाे घरमा पुगेकाे बताउँदै उहाँले व्यवस्थित हुन भने बाँकी रहेकाे बताउनुभयाे ।
खेलकुद, बाख्रा पालन र कफी खेती जस्ता आदि युवा लक्षित कार्यक्रमहरू भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। साथै वैदेशिक राेजगारीमा जाने युवालाई राेक्नका लागि पनि पहल भइरहेकाे उहाँकाे भनाइ छ। कृषि क्षेत्रलाई अगाडि बढाउन विशेष जाेड दिएकाे पनि उहाँले बताउनुभयाे ।
स्वास्थ्य क्षेत्र सुधार उन्मुख रहेकाे बताउँदै उहाँले करिब २-३ सय बिरामीलाई आफैंले पनि माेटरसाइकलमा राखेर स्वास्थ्य संस्थामा पुराएर उपचार गराएकाे समेत जानकारी गराउनुभयाे। अहिले बर्थिङ सेन्टरकाे स्थापना गरिएकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ। सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । यस वडामा ५ वटा सामुदायिक विद्यालय रहेकाे बताउँदै उहाँले पुराना शिक्षकहरूले भने पढाउन अल्छी गरेकाे पनि बताउनुभयाे ।
साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे ।
पर्यटन क्षेत्रलाई संरक्षण र व्यवस्थित गर्ने काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै पार्क र मन्दिर पनि बनाइएकाे र सँगै विभिन्न प्रकारका बाेट विरूवा राेपेर हरियाली बनाउने, वृक्षा राेपन गर्ने र चिया राेप्ने याेजना भइरहेकाे उहाँकाे भनाइ छ। नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। श्रम दानबाट पनि विकास निर्माणका कामहरू गरिएकाे पनि उहाँले बताउनुभएकाे छ।
साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ४६ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष बस्नेतकाे दावी छ।