Share Icon

२६ असाेज, काठमाडाैँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२र०६र०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हाे ।

साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग. कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग.कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ ।

यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित भानु नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष धिरेस खनालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भानु नगरपालिका वडा नं.६ मा पालिकाबाट जम्मा बजेट ५९ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष धिरेस खनालले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष धिरेस खनाल ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खनालले बताउनुभयोे ।

साथै युवाहरूलाई लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुदको व्यवस्था गरेको उहाँको भनाइ छ ।

वडा अध्यक्ष खनालले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु भइरहेको छ ।”

पछिल्लाे समय वडा नम्बर ६ मा दशै तिहार नजिकै गर्दा सरसफाइकाे अभियानका साथ टाेल टाेलमा सरसफाइ गर्ने काम भइरहेकाे वडा अध्यक्ष धिरेस खनालले प्रष्ट पार्नुभयाे ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

साथै वडाबासीहरूकाे आवश्यकतालाई मध्यनजर गर्दै याेजनाहरू ल्याएकाे उहाँकाे भनाइ छ ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो ।

वडा अध्यक्ष धिरेस खनालले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

Facebook Comments Box

Share Icon