सभापोखरी गाउँपालिकामा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने

Share Icon

♥ योगेन्द्र योगी

बैशाख, सभापोखरी ।  संखुवासभाको सभापोखरी गाउँपालिकामा स्वास्थ्य शिविरमा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ।

गोर्खा वेलफेर ट्रष्ट को सहयोगमा बैशाख २३ देखि २५ गतेसम्म जिल्ला अस्पताल खाँदबारीमा संचालन हुने नि:शुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरमा कानको शल्यक्रिया सहित को उपचार हुने गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बुले जानकारी दिए।

श्रवन वन्त्र वितरण तथा अपाङ्ग भएका व्यक्तिहरुलाई श्रवन सामग्री वितरण साथै कृतिम अङ्ग लगाउनको लागि नापजाँच कार्यक्रम संचालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सो कार्यक्रममा बिरामी छनोट गरी शिबिरमा पठाउनु पर्ने भएकाले यस सभापोखरी गाउँपालिकामा बिरामी छनोट शिबिर संचालन हुने भएको छ।

पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको निम्न समय र स्थानमा गई विशेष स्वास्थ्य शिविरमा बिरामी छनोट गर्न स्क्रिनिङ शिविर सञ्चालनमा गई स्वास्थ्य परिक्षण गर्न गाउँपालिका बासी सम्पुर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

शिबिर संचालन हुने स्थानहरु : धुपु स्वास्थ्य बैशाख ८ गते सामुदायिक स्वास्थ्य इकाई पावा बैशाख ९ गते सभापोखरी स्वास्थ्य चौकी बैशाख १० गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकिदिम बैशाख ११ गते सभापोखरी गाउँपालिकाको कार्यालय बैशाख १२ गते समय दिनको १० देखि साझ ५ बजेसम्म संचालन हुनेछ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.