Share Icon

 २६ माघ, काठमाडाैँ ।  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ५ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

भौगोलिक हिसाबले यो वडा गण्डकी गाउँपालिकाको सबै भन्दा ठुलो वडामा पर्दछ । विकटताको हिसाबले अलि अरु वडा भन्दा विकट वडामा पर्दछ । पृथ्वी राजमार्ग बाट यो वडामा पुग्न करिब नौ किलो मिटर लाग्छ ।

स्थानीय तहको निर्वाचन पछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, बाटो,धार्मिक ,सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको अध्यक्ष पहलमान वयलकाटीले बताउनुभयो ।

वडा नं ५ ले छोटेचार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक स्तरोन्नति गर्दै साढे नौ किलो मिटर बाटो कालोपत्रे गर्ने काम अगाडि बढाईरहेका छौ ।

त्यस्तै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि वडाबाट विशेष पहल गरेर निरन्तर कामहरु अगाडि बढाई रहेको वडा अध्यक्ष पहल मान वयलकोटीले जानकारी दिनुभयो ।

त्यस्तै गरी वडामा रहेका सामुदायिक भवनहरु निमार्ण गर्ने कामहरु दु्रतर गतिमा भईरहेको उहाँले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक क्षेत्रको लागि मठ मन्दिर निमार्ण गर्ने योजना रहेको छ ।

वडामा रहेका सबै योजनाहरु चैत्रसम्म सकेर वडाबासीहरुसंग समन्वय गरेर माष्टर योजना बनाउने तयारीमा रहेको उहाँले प्रष्ट पार्नुभयो । यस गण्डकी गाउँपालिको मुल एजेन्डा भनेको पाँच वर्षसम्म एक सय किलोमिटर बाटो कालोपत्रे गर्ने योजनामा रहेको छ । उहाँ पहिले कार्यपालिकामा पाँच वर्ष काम गर्नुभएको हो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon