वडाको चौतर्फी विकासको लागि सदैब लागि परेका छौं: अध्यक्ष चौधरी
२२पाैष, काठमाडाैं । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । वडा नम्बर ३ अध्यक्ष पदमा खेमराज चौधरी निर्वाचित भएर अाएपछि वडाका गतिमा निरन्तर लागि रहनुभएकाे छ ।
पछिल्लो समय वडा नम्बर ३ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, वडामा स्वास्थ्य,शिक्षा,खानेपानि, सिपमुलक तालिम, कृषि, बाटो सडक, खेलकुद,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।
त्यस्तै युवाहरुको फुटबल तथा क्रिकेट खेलकुदको व्यवस्था गरेको जानकारी दिनुभयो । बाटो सडकको क्षेत्रमा सडकको कालोपत्रे गर्नको लागि पहल गरेका छौ ।
त्यसै गरी वडामा विभिन्न सिपमुलक तालिमहरु हाउस वाईरिङको तालिम, मोटरसाइकल मर्मत तालिम, माछा पालन तालिम,ब्युटिर्पालर तालिम, बाखा्र पालन तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
यसैगरि वडामा एकल महिला, जेष्ठ नागरिक,वृद्धा वृद्धि, अपांगहरुको लागि सम्मान कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्यको क्षेत्रमा सुत्केरीको लागि एम्बुलेन्सको व्यवस्था गरेको र सवबाहनको व्यवस्था गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
त्यस्तै वडामा कृषि क्षेत्रको लागि वडामा सिचाईको लागि कुलोको निमार्ण गर्ने उहाँले जानकारी दिनुभयो ।
दलित तथा पिछडिएको वर्गहरुलाई लक्षित गर्दै केहि राहात स्वरुप वजेट छुटाएका छौ । त्यस्तै वडामा पहिलो प्राथमिकता शिक्षा,स्वास्थ्य तथा कृषिलाई दिएर काम गरिरहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, वडाको चौतर्फी विकासको लागि वडामा हामी सदैब लागि परिहेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो। जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएकाे वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।