वडाको चौतर्फी विकास गर्दै अध्यक्ष श्रेष्ठ
♠हस्ता विष्ट
२९ फागुन, काठमाडाैँ । सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी ९कर्मक्षेत्र० रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा।वि।स।को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो ।
२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा ९२०७९ असार ३० गतेसम्म २४८ टोल० विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् ।
यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
व्यास नगरपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ ।
व्यास नगरपालिका वडा नं. ५ मा पालिकाबाट जम्मा बजेट १ करोड २५ लाख, संघ र प्रदेशबाट ३० लाखको बजेट विनियोजन गरिएको वडा सचिव विश्व पौडेलले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।
वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ” वडामा रहेका साना ठुला बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, नाली बाटो बनाउने योजना रहेको छ । ”
त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि वडामा रहेका सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेका छौ ।
उहाँले भन्नुभयाे, ” युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको व्यवस्था गरेका छौ । ”
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







