Share Icon

३० असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदीय प्रणालीको नयाँ संरचना अनुसार काेशी  प्रदेशमा पर्दछ।

अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लालाइ एक नगर पालिका र ७ गाउँपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १ हजार ३ सय ८० फिट फिदिम-४ माझिटारदेखि १० हजार ७ सय ३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ ।

पुरानो संरचनाका ८ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार २६ हजार ३४ पुरुष र महिला  २३ हजार १ सय ६७ गरी जम्मा ४९  हजार २ सय १ जनसंख्या रहेको छ ।

प्रचीन समयमा पल्लो किराँतको नामले चिनिएको याे जिल्ला लिम्बुवान क्षेत्रको केन्द्रका रुममा रहेको थियो । उस जिल्लाको सदरमुकाम फिदिम (फेदेन) मा दश लिम्बुवान क्षेत्रका राजाहरुले संयुक्त सभा गरी सामूहिक रुपले महत्वपूर्ण विषयहरु यहाँ स्थित आम्बेपाजो भन्ने तिर्थ स्थलमा चुम्लुङद्वारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ ।

फिदिम नगरपालिका-१ का वडा अध्यक्ष गजाधर भट्टराईले वर्षाका कारण बिग्रिएका सडकहरूकाे मर्मत सम्भारकाे काम भइरहेकाे बताउनुभएकाे छ । वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वर्षाकाे समयमा ३ महिना सडकमा सवारी संचालन गर्न कठिनाइ भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । विदेश जानबाट युवालाई राेक्ने पहल भइरहेकाे पनि उहाँले बताउनुभयाे ।

वडामा ६० प्रतिशत सडकहरू कालाेपत्रे भएकाे पनि उहाँकाे भनाइ छ। बाँकी ४० प्रतिशत सडकलाई पनि कालाेपत्रे गर्ने याेजनामा रहेकाे उहाँकाे तर्क छ । प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत सडककाे साेलिङ गर्ने र कुलाे बनाउने काम भइरहेकाे पनि उहाँले बताउनुभयाे । त्यस्तै, साशकीय स्वरूप कार्यक्रम अन्तर्गतमा भने सडक साेलिङ गर्ने,ग्राभेल गर्ने र कृषकका लागि कुलाे निर्माण गर्ने काम भइरहेकाे उहाँकाे भनाइ छ। 

पर्यटन क्षेत्रकाे सम्भावना भएकाे बताउँदै उहाँले ६० फुटकाे किराँतेश्वर मूर्ति बनाउनका लागि डीपीआर भएकाे पनि बताउनुभएकाे छ। पर्यटन क्षेत्रलाई अघि बढाउने याेजना भइरहेकाे उहाँले बताउनुभएकाे हाे । विद्युतकाे केन्दीय लाइनकाे विस्तार सबै वडावासीकाे घरमा पुगेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

यस वडामा रहेका एउटा मावि र ३ वटा आधारभूत विद्यालय गरी कुल ४ वटा सामुदायिक विद्यालय रहेकाे उहाँले बताउनुभयाे । फिदिम माध्यामिक विद्यालय भने उत्कृष्ट विद्यालयकाे रूपमा छनाेट भएकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे । विद्यार्थीकाे संख्या धेरै भएकाले शिक्षक दरबन्दीकाे अभाव र भाैतिक संरचनाकाे पनि अभाव रहेकाे पनि उहाँकाे भनाइ छ। साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे छ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभएकाे छ ।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर १ लाई नगरपालिकाले ४४ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष भट्टराईकाे दावी छ।

Facebook Comments Box

Share Icon