वडामा ६० प्रतिशत सडक कालाेपत्रे भएकाे छः अध्यक्ष भट्टराई
३० असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदीय प्रणालीको नयाँ संरचना अनुसार काेशी प्रदेशमा पर्दछ। अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लालाइ एक नगर पालिका र ७ गाउँपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १ हजार ३ सय ८० फिट फिदिम-४ माझिटारदेखि १० हजार ७ सय ३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका ८ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार २६ हजार ३४ पुरुष र महिला २३ हजार १ सय…
