सम्रग वडाकाे विकास गर्दै वडा अध्यक्ष गुरूङ

Share Icon

२६ असोज, काठमाडौँ । संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित लमजुङ जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला लमजुङ एक हो ।

गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको लमजुङ जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति वेसीसहर नगरपालिकाको नाम बाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित वेसीसहर नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरूङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

वेसीसहर नगरपालिका वडा नं.५ मा पालिकाबाट जम्मा बजेट ६४ लाख ३७ हजार, नगरबाट ५२ लाख ,प्रदेशबाट १ कराेड ५० लाख र संघबाट ६० लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष इन्द्र बहादुर गुरूङले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष इन्द्र बहादुर गुरूङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

त्यसै गरी खानेपानीकाे क्षेत्रमा घरघरमा खानेपानीकाे धारा  पुगेकाे र उक्त धारा मर्मत सम्भारकाे लागि वडाबाट बजेट विनियाेजन गरेकाे वडा अध्यक्ष गुरूङकाे भनाइ छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयोे ।

साथै युवाहरूलाई लक्षित गर्दै विभिन्न वडा स्तरीय खेलकुदको व्यवस्था गरेको उहाँको भनाइ छ ।

वडा अध्यक्ष गुरूङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने कामहरु गर्ने याेजनामा रहेकाे  छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र भवनकाे निमार्ण गर्नकाे  लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र स्वास्थ्यकाे भवन निमार्णकाे लागि वडाबाट बजेट विनियाेजन गरेकाे वडा अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष इन्द्र बहादुर गुरूङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.