Share Icon

२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका वडा नं.१ मा विकास निमार्णका कार्य तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर १ मा विकासले मुहार फेरेको छ ।अध्यक्ष राम ब.शाहीले वडामा जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाई,बाटो सडक तथा कृषि क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । प्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँ सबै वडाबासीको मन मुटुमा बस्न सफल हुनुहुन्छ । त्यस्तै वडामा शिक्षा,स्वास्थ्य,खानेपानि,सिचाई तथा बाटो सडकलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । अहिले धेरै काम नभएको र अबको लगतै दुत्रर गतिमा काम गर्ने उहाँले बताउनुभयो ।

वडाको चौतर्फी विकासको लागि वडामा सदैव लागि परेको उहाँले बताउनुभयो । त्यस्तै वडामा महिलाहरुको लागि वडामा सिपमुलक तालिमको व्यवस्था गरेको,सिलाई कटाई तालिमको व्यवस्था गरेको तथा रोजगारीको अवसर सिर्जना गरेको उहाँले बताउनुभयो । वडामा जनचेतनामुलक कार्यक्रम राखेको उहाँले बताउनुभयो ।

अहिले वडामा धेरै परिवर्तन भएको उहाँले बताउनु भयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक,सिचाई,बिजुिल्ल बत्ति तथा कृषिका योजनाहरु रहेको उहाँले बताउनुभयो ।

स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै युवाहरुको लागि वडामा वडा स्तरीय फुटबल,भलिबल खेलकुदको व्यवस्था गरेको वडा अध्यक्ष शाहीले बताउनुभयो । अन्त्यमा भन्नुभयो, म यस वडालाई आफनो कार्यकालभित्र नमुनाको रुपमा चिनाउने छु । जनताको मन मुटुमा सदैव बस्ने छु ।

Facebook Comments Box

Share Icon