Share Icon

२८ असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वी सीमानामा पर्ने साविककाे मेची अञ्‍चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुवै देशसँग सीमाना गासिएको जिल्ला ताप्लेजुङका पश्‍चिमी भू-भागमा चार गाविसहरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ ।

पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनसर्चनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका भनेर नामाकरण गरिएको हो।

भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि मिक्‍वाखोला गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । मिक्वाखोला गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।

मिक्वाखोला गाउँपालिका-४ का वडा अध्यक्ष सदन कुमार साँवाले सामुदायिक विद्यालय सुधार उन्मुख रहेकाे बताउनुभयाे। वडा खबरसँग कुरा गर्दै उहाँले ७ वटा सामुदायिक विद्यालय रहेकाे  तर  शिक्षक दरबन्दीकाे अभाव रहेकाे बताउनुभएकाे हाे। अहिले करार र निजी स्राेतबाट शिक्षक राखेर समस्याकाे समाधान भइरहेकाे पनि उहाँकाे भनाइ छ। सामुदायिक विद्यालयमा विद्यार्थीकाे संख्या न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभएकाे छ।

सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे। माइक्राे हाइड्राे मार्फत विद्युत वितरण भएकाे र विद्युतकाे केन्दीय लाइकाे पनि विस्तारकाे काम भइरहेकाे र यसै वर्षकाे माघ महिनाभित्र सम्पन्न हुने पनि उहाँले जानकारी गराउनुभयाे ।

यस वडामा स्वच्छ खानेपानीकाे समस्या नभएकाे पनि उहाँकाे भनाइ छ। पर्यटन क्षेत्रकाे प्रचूर सम्भावना भएकाे उहाँले बताउनुभयाे । यसै वडामा रहेकाे थुङथुगे झरनालाई पर्यटकीय क्षेत्र बनाउनका लागि लागि १ कराेड ४० लाख बजेट विनियाेजन गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।कृषि क्षेत्रमा सुधार उन्मुख भएकाे बताउँदै उहाँले यस वर्ष अलैंचीकाे नर्सरी उत्पादन कार्यक्रम राखिएकाे पनि उहाँले बताउनुभयाे । कृषकलाई तेल पेल्ने मेसिन वितरण गरिएकाे र बीउ-विजन वितरण गर्ने कार्यक्रम रहेकाे उहाँकाे तर्क छ।

साथै युवा लक्षित कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले ९९ लाख ३५ हजार बजेटकाे सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष साँवाकाे दावी छ।

Facebook Comments Box

Share Icon