Share Icon

♥ हस्ता विष्ट

१६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मर्स्याङदी गाउँपालिका वडा नं . ७ का वडा अध्यक्ष तिल बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा मिन बहादुर गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङ बताउनुभयोे ।

वडा अध्यक्ष तिल बहादुर गुरुङले भन्नुभयो,  ” वडामा स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकता दिए साथसाथै टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर निशुल्क स्वास्थ्य परिक्षण गर्ने काम सम्पन्न गरेका छौ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा जोड दिदै शैक्षिक गुणस्तर ल्याउनको लागि वडाबाट विभिन्न कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” कृषिलाई व्यवसायमय बनाउनको लागि मौरी पालन व्यवसायलाई पहिलो प्राथमिकता दिएका छौ । ”

उहाँ वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले शिक्षण पेसामा आबद्ध भएर समाज सेवा गरिरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ”  वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon