Share Icon

१६ फागुन,घोराही । ‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा आजखेखि सुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त सेना सहभागी रहेको नेपाली सेना जनसम्पर्क निर्देशनालयका निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा ज्येष्ठ पूर्वसैनिक, एकल महिला र सफल उद्यमीलाई सम्मान गर्ने, अशक्तलाई ह्विलचियर र वैशाखी प्रदान गर्ने कार्यक्रम छ ।

Facebook Comments Box

Share Icon