मोरङमा ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिका पक्राउ
१३ बैशाख ,काठमाडाैं । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई सामूहिक कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।
विद्यालयमा अध्ययन गर्ने बर्ष १४ की बालिकालाई स्कुलमा भएकै समयमा निजलाई सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कुटपिट गरेको भिडियो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ उक्त कार्यमा संलग्न ब्यक्तिहरूलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली परिचालन गरिएकोमा उल्लेखित घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरुलाई सोमबार पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हाल विर्तामोङ बि एण्ड सि अस्पतालमा पीडितको उपचार भईरहेको प्रहरीको भनाइ छ ।







