Share Icon

५ पाैष, काठमाडाैं । बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

पछिल्लो समय वडा नम्बर ८ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष भगन थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम भइरहेकाे बताउनु भयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,’उपभोक्ता समिति गठन गरेर वडामा धेरै योजनाहरु निमार्णधिन चरणमा रहेका छन्।’

त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी याेजनाहरूकाे काम द्रुत गतिमा भइरहकाे उहाँले बताउनुभयाे ।

दाेस्राे पटक निर्वाचित भएकाे हुनाले उहाँलाई वडामा काम गर्न कुनै समस्या छैन ।

उहाँले वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको र स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पनि उत्तिकै चासो राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल कृषि प्रधान देश भएकोले वडामा कृषिका विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएको छ।’

वडा अध्यक्ष चौधरीले वडाबासीहरुको समस्यालाई ख्याल गरेर योजना तथा कार्यक्रमहरु ल्याइएको बताउनुभयो ।

उहाँले आफनो पाँच वर्षको कार्यकालमा यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम भइरहेकाे बताउनुभयो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon