Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले घुम्ति सेवामार्फत विभिन्न सेवाहरु प्रदान गरेकाे छ ।

वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले आइतबार साबिक ३ मनडाडा डिठास्वारामा घुम्ति सेवामार्फत वडाबाट प्रवाह हुने विभिन्न सेवाहरु वडावासीलाई प्रदान गरिएकाे बताउनु भयाे ।

साथै उहाँले जिल्ला सामुदायिक आखा केन्द्रको सहयोग र वडा कार्यलयको सम्वनयमा “आखालाई माया गरौँ भन्ने मुल नाराका साथ मोतियाबिन्दु छनोट शिविर सम्पन गरिएकाे बताउनु भयाे ।

त्यस्तै हरेक महिना अन्तिम साताको शुक्रवार लच्याङ स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने आखा चेक जाँच शिविर पनि सञ्चालन गरिएकाे उहाँले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon