Share Icon

१६ जेठ,काठमाडाैं ।   देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं. ७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स.मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ।
यस नगरपालिकामा वडा नम्बर २ का जनप्रतिनिधि दिल बहादुर बिष्ट नवदर्गा गाउँपालिका २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा नवदर्गा गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षमा जित्न सफल दिल बहादुर बिष्ट वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले कृषि व्यवसायमा आबद्ध हुनुहुन्थ्यो ।

चालु आर्थिक वर्षकाे ८० प्रतिशत काम वडाकाे भएकाे बाकी वडाका गतिबिधि तिब्र गतिमा हुदै वडा अध्यक्ष बिष्टले बताउनुभयाे ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष बिष्टले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

वडा अध्यक्षमा निर्वाचनमा हुनभन्दा पहिले कृषी तथा राजनितिकमा आबद्ध हुनुहुन्थ्याे ।

२ नम्बर वडामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सिँचाइ र जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष बिष्टले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा कृषिमा आबद्ध रहनुभएका बिष्ट वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष बिष्टले वताउनुभयो।

“वडामा धेरै समस्या रहेको एक घर एक धारा छैन, विधुतको समस्या छ । सबै बस्तिमा बाटो पुगेको छैन । हामी हाम्रो कार्यकालमा सबै समस्या समाधान गर्न लागी रहेका छौ अहिले खानेपानीलाई महत्वमा राखेर काम गर्दै छौ ।” वडा अध्यक्ष बिष्टले बताउनुभयो ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा २ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष बिष्टले बताउनुभयो।

नजिकको सरकार भएको हुनाले हामी सदैव जवफदेहिता हुन पर्ने पहुचका आधारमा बजेटको विभाजन भएका कारणले पनि काम गर्न जोस जागर मात्र भएर नहुने हुनाले सरकार सिस्टममा चल्न सकेको छैन ।

नियम कानुन छैन । पहुजका आधारमा काम गर्न भएको हुनाले हामी काम गर्न पर्छ वडामा भनेर मात्र हुदैन । बजेटको अभावमा जनताले चाहेको जस्तो काम गर्न नसकेको वडा अध्यक्ष बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ वडामा पहिलो प्रथमिकता खानेपानिलाई दिएर अन्य स्वास्थ्य,शिक्षा, सडक , खानेपानी आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon