त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी पोखरेल

Share Icon

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गर्दै कृष्णहरिलाई विमानस्थलको जिम्मेवारी दिइएको हो

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेका थिए । डीआईजी ठकुरीलाई सरुवा गरेको केही दिनमै एसएसपी जबराको पनि सरुवा गरिएको हो । उनको स्थानमा एसएसपी कृष्णहरिलाई ल्याइएको छ ।

एसएसपी कृष्णहरि बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा कार्यरत थिए । यही माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबीच हात हालाहालको स्थितीपछि त्यहाँको अवस्था बिग्रेको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.