वडाको चौतर्फी गर्ने विकास हाम्राे चहाना अध्यक्ष आचार्य
१० माघ, काठमाडाैं । कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । नदिले वरिपरि घेरेको श्रीलङकाको टापु जस्तो देखिने वडा नम्बर ३ मा पर्दछ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो । स्थानिय तहको निर्वाचित भईसके पछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक,कृषि, खानेपानि, सिचाई तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।
सर्वप्रथम वडाबासीहरुलाई बचाउनको लागि नदिनालामा तटबन्धनको कामहरु सम्पन्न गरेका छौ । बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने काम सम्पन्न भएको छ र कालोपत्रे गर्ने तयारीमा रहेको छ ।
त्यस्तै उपभोक्ता समिति गठन गरेर आधा अधुरा कामहरु सुचारु गर्ने तयारी गरेका छौ ।वडाको चौतर्फी विकास हाम्राे चहान हाैं अध्यक्ष आचार्यले बताउनुभयाे ।
त्यस्तै शिक्षा क्षेत्रमा विद्यालयको भवन निमार्ण गर्ने योजनामा रहेको छ । स्वास्थ्य क्षेत्रलाई पनि जोड दिदै सुत्केरी महिलाहरुको लागि बर्थिङ सेन्टर बनाउने काम सम्पन्न गरेका छौ ।
उहाँ पहिले सामाजिक सेवा गर्दै वडालाई आफनो तर्फबाट जग्गा दान गर्नुभएको थियो । त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी वडामा सदैब लागि रहेका परेका छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानु हुन्छ । वडा नम्बर ३ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







