वडामा खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष तामाङ
♣ध्रुब कार्की
२८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने रामेछाप जिल्लामा रहेको सुनापति गाउँपालिका मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गते देखि अस्तित्वमा आएको हो ।
यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ ।
सुनापति गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु गुन्सी, दिमीपोखरी, हिलेदेबी, बेथान र खनियापानी मिलेर बनेको छ ।
वडागत रुपमा सबैभन्दा वढि अधिक जनसंख्या वडा नं. ४ मा रहेको छ । गाउँपालिकाद्धारा गरिएको घरधुरी सर्वेक्षण, २०७५ अनुसार यस पालिकामा घरधूरी संख्या ४७०९ छ ।
पछिल्लो समय सुनापति गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा डन्डुप तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ डन्डुप तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
सुनापति गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष डन्डुप तामाङ ।
वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
हाल वडामा पचहत्तर प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरुलाई समेटेर निरन्तर वडामा योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।
वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।
वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै आवश्यकताअनुसारको बजेट विनीयोजन गरेर वडामा एक घर एक धारा बनाउने अभियान रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयका भौतिक संरचनाहरु निर्माण तथा मर्मत गर्दै शिक्षालाई गुणस्तर बनाउन हप्ताको चार दिन विद्यालयहरुको अनुगमन गर्दै हामी लागी परीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुमा अपुग भएका स्वास्थ्य सामाग्रीहरु जुटाउदै सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई ग्राबेल गर्ने र कालोपत्रे गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका युवा तथा महिलाहरुलाई सि.डि.एस. संस्था सँग समन्वय गरेर जनचेतना तथा सिपमुलक कार्यक्रमहरु प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
४ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष तामाङले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’







