Share Icon

 

५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्ष चाैधरी निरन्तर  रूपमा वडामा पढ्दै कमाउँदै  शिक्षा कार्यक्रम मार्फत  शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’

वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा  सञ्चालन गरिएकाे छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी च्याउ खेति कार्यक्रम  वडाले संञ्चालन गरेकाे वडा अध्यक्ष चाैधरीले  बताउनुभयाे ।

वडा अध्यक्ष चाैधरीले भन्नुभयाे ,  ‘स्वआर्जन गरी अध्ययन गर्न इच्छुक तथा गरिबको कारणबाट आय आर्जन गरी पढ्नु पर्ने अवस्थामा रहेका परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य  रहेको छ । वडाले विद्यालयमा सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत विद्यार्थिहरु पढाइसँगै कृषिमा पनि आबद्ध भएका हुन् । कृषिमा आबद्ध उनिहरुले पढाइ खर्च पनि यसैबाट जुटाइरहेका छन् । ‘

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सीपयुक्त एवम् स्वाबलम्बी नागरिक उत्पादन गर्ने उद्देश्य यस कार्यक्रमकाे सुरूवात यस वडामा गरीएकाे वडा अध्यक्ष चाैधरीले बताउनुभयाे ।

कार्यक्रम सञ्चालन संगै उपलब्धि मुलक भएकाे उल्लेख गर्नुहुुदै वडा अध्यक्ष चाैधरीले भन्नुभयाे, अहिले विद्यार्थीहरू च्याउ खेती मार्फत आत्मनिर्भर भएका छन् ।

 

Facebook Comments Box

Share Icon