Share Icon

♣ हस्ता विष्ट
३ चैत्र, काठमाडाैं । यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ूउत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर देखि अधिकतम १३४७.०३ मिटर सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।

नगरपालिकाको प्रशासनिक गठन नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रन बहादुर थापाले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

भिमाद नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रन बहादुर थापा ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष राना निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवामा लागे साथसाथै अहिले वडामा जनता विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ । ”

वडा अध्यक्ष रन बहादुर थापा निर्वाचित हुनभन्दा पहिले नेकपा एमाले पार्टीको अध्यक्षमा रहेर निरन्तर समाज सेवा गर्दै अहिले जनताको विकास र समृद्धिको लागि वडामा अहोरात्र खटिरहनुभएको छ ।

भिमाद नगरपालिका वडा नं. ९ मा नगरबाट जम्मा बजेट ९७ लाख, र प्रदेशबाट २ करोड बजेट विनियोजन गरिएको वडा अध्यक्ष रन बहादुर थापाले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।

वडा अध्यक्ष थापाले भन्नुभयो,  ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने योजनामा रहेको र पर्यटन बोर्ड होमस्टे जाने बाटो कालोपत्रेको गर्ने अन्तिम चरणमा पुगेको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने लक्ष्य राखेर तीव्र गतिमा काम अगाडि बढाईरहेको उहाँले भन्नुयो । शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा जान सहज होस भन्नको लागि स्कुल बसको लागि वडाबाट केहि रकम बजेट विनियोजन गरेको उहाँले प्रष्ट पार्नुभयो ।

स्वास्थ्यको क्षेत्रमा वडामा रहेको स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको, सुत्केरी महिलाहरुलाई पोषण कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

त्यसै गरी युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष रन बहादुर थापाले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon