Share Icon

२७ बैशाख ,काठमाडाैं ।    स्वर्गद्वारी नगरपालिका नेपालको प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८००३६ु००ू देखि ८२०४८ु३०ू पूर्वी देशान्तर र २८०३०ु०५ू देखि २८०१२ु३०ू उतरी अक्षांश सम्म फैिलयर रहेको २२४,७० वर्ग। कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको उतरमा रोल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र रोल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेको छ । स्वर्गद्वारी नगरपालिकामा ९ वडा वडामा बिभाजन गरिएको छ

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले २५ वर्ष शिक्षण पेशामा आवद्ध रहनुभएका बुद्दिराम पुन वडाका गतिबिधि निरन्तर रुपमा तिब्र गतिमा अगाडी बढाउनुभएको छ ।

शिक्षण पेशामा आबद्ध रहनुभएको कारणले गुणस्तरीय शिक्षा वडामा लागु गर्न पहल कदम अगाडी बढाएको वडा अध्यक्ष पुनले बताउनृुभयो ।

खेलकुद, खानेपानि ,शिक्षा सिचाई तथा समग्र वडाका समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेको बताउनुभयो स्थानियले सदैव साथ र सहयोग गरिरहेको बताउनुभयो। । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडा अध्यक्ष पुनले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। मोती रानाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

वडामा विकास निर्माणकै अभाव छ । सीमित बजेट छ वडामा वडाका असिमित समस्या रहेको छ । बजेट विनियोजन गर्दा सुगम , दुर्गम वडा हेरेर पालिकाले ख्याल गर्नपर्ने देखिन्छ वडा अध्यक्ष पुनले उल्लेख गर्नुभयो ।

उहाँले थप्दै भन्रुभयो, आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon