Share Icon

७ चैत्र ,काठमाडाैं ।  बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ । पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। यस गाउँपालिकामा ८ वडा रहेको छ ।

वडाका जनप्रतिनिधि प्रेम बहादुर शाही २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ ।

वाड नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। वडा अध्यक्ष शाहीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं।

वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

अध्यक्ष शाहीले भन्नुभयो, कृर्षी र शिक्षालाई बिशेष जोड दिएर बजेटहरु निर्धारण गरेको छौ र शैक्षिक कार्यक्रम बनाएको अब चाडै कार्यन्यन गर्न ,शिक्षामा पनि हामीले प्रमुख जोड दिएको र घरमै बसि बसि उद्यम गर्न सहज होस भनेर सिपमुलक कामहरुको योजना बनाएको समेत जानकारी दिनुभयो।

 सम्रग ४ नम्बर वडामा शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष शाहीले बताउनुभयो।

वडामा काम गर्दा सोचे जस्तो सहज नभएको बताउनुभयाृ बजेटको अभाव तथा कानुनी नियम कानुन आदि कारणले वडा भन्दा बाहिर बस्दा सोचे जस्ता सहज नभएको वडा अध्यक्ष शाहिले बताउनुभयो

अध्यक्ष शाहीले भन्नुभयो, वडामा समस्या नभएका हैन धेरै गरिबी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासका कारण जनता समस्यामा छन् । ढल निकासको लगायत यस्ता समस्या समाधान गर्न हाम्रो कार्यकालमा प्रयास जारी छ । निरन्तर रुपमा लागी रहेको छौ ।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका  शाहीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

मलाई विश्वास गर्नुुभयो । वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

Facebook Comments Box

Share Icon