वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष यादव
२९ फागुन ,काठमाडाैं । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ ।
यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ । जानकी गाउँपालिका वडा नम्बर ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा टिकानाथ यादव निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा यादवले बताउनुभयो।
५ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष यादवले बताउनुभयो।
वडामा शिक्षा क्षेत्र गुणस्तर तथा सबैलाई शिक्षासंग जोडन सहज बनाउन तथा कसरी यहाँका बालबालिकालाई शिक्षामा जोडन सकिन्छ भनेर निरन्तर लागीरहेको वडा अध्यक्ष यादवले बताउनुभयो।
अरु वडाभन्दा हाम्रो वडामा फरक महसुस गर्न सकिने वातावरण तयार गराउन लागी रहेको अध्यक्ष यादवले बताउनुभयो।
छोरी पनि छोरा सरह हो भनेर छोरी कल्याण कोष स्थापना गरेको हाम्रो गाउँपालिको नमुना काममा यो काम पर्छ भनेर वडा अध्यक्ष यादवले दावी गर्नुभयो ।
वडा अध्यक्ष यादवले भन्नुभयो, ‘मधेशी समुदाय रहेको हाम्रो वडामा छोरीलाई विद्यालय पठाउन असहज मान्छन । त्यसका लागी हाम्रो वडाको पहलमा कन्या विद्यालयको अवधारण ल्याएर हामी यसमा काम गरी रहेको छाैं ।’
वडा अध्यक्षमा निर्वाचित हुनुपुर्व शिक्षण पेशामा अबद्ध रहनुभएका वडा अध्यक्ष यादव वडाका हरेक समस्या बुझेको हुनाले वडाका गतिविधि गर्न सहज भएको जानकारी दिनुभयो ।
जनचेतनाको कमी वडाको मुख्य समस्या रहेकोे अफ्नो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पार्नुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष यादवले वताउनुभयो।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।