२६ जेठ,काठमाडाैँ । बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो ।
स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३.११.२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं. ६, ७, ८ र ९ समावेश गरी १४ वटा वडा सहितको हालको नगरपालिका घोषणा गरिएको हो ।
गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित बाग्लुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण प्रसाद शर्माले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
बाग्लुङ नगरपालिका वडा नं. १३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष नारायण प्रसाद शर्मा।
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष शर्मा अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष शर्मा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९५ प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
वडा अध्यक्ष शर्मा निर्वाचित हुनभन्दा पहिले निरन्तर समाज सेवा गररे अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष शर्माले बताउनुभयोे ।
वडा अध्यक्ष शर्माले भन्नुभयो, वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, र आवश्यक परेको ठाउँमा बाटो ढलान गर्ने कामहरु भईरहेको छ ।
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गर्ने व्यवस्था गरेको वडा अध्यक्ष शर्माले बताउनुभयो ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेकोे र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरेको वडा अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
उहाँले थप्दै भन्नुभयो, कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न कृषि सम्बन्धि विभिन्न तालिमहरुको व्यवस्था गरेको र पशु पन्क्षिको लागि विभिन्न औषधिहरु वितरण गरेका छौँ ।
उहाँले भन्नुभयो, खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ ।
त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरु तथा सशत्तिकरणको तालिमहरु व्यवस्था गरेको वडा अध्यक्ष शर्माले बताउनुभयो ।
वडा अध्यक्ष नारायण प्रसाद शर्माले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
Related posts:

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

खानेपानिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष लामा

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष तामाङ

