स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष खड्का
२६ मंसिर, काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर ५ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
सबै वडाको विकास निर्माणका कार्य र समस्याहरु पनि आ-आफ्नै छन् । यस मध्येको ५ नम्बर वडाले विकासको फड्को मारिरहेको छ । यसको जस वडाअध्यक्ष चक्र बहादुर खड्कालाई जान्छ । उहाँ सदैब विकास निर्माणका कार्यलाई गति दिन निरन्तर अघि बढी राख्नुभएको छ।
वडा बासीले रोजेर पठाई सकेपछि जनताको मतको कदर गर्ने सदैव वडाको विकासमा लाग्ने उहाँको प्रतिबद्धता छ। उहाँले वडाको कार्यभार समालेदेखि निरन्तर विकासका काममा लागि परेको बताउनुभयो।
उहाँले वडामा रहेका बालबालिकाहरूको लागि निस्शुल्क कक्षाहरू सञ्चालन गरिने बताउनुभयो।
उहाँले वडामा भविष्यमा वैदेशिक रोजगारीमा कोही नजाउन भनेर हामीले बिशेष योजना समेत बनाएको बताउनुभयो। उहाँले भन्नुभयो,’कञ्चनपुरलाई सुगम जिल्ला भनेर घोषणा धेरै पहिले भएता पनि हामी दुर्गम वडाका बासिन्दा हौं।’
कृर्षिमा समेत बिशेष जोड दिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘ किसानहरूलाई कृर्षि उपकरण उपलब्ध गराएको छु।’ उहाँले वडाको विकास गर्न अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।’
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







