‘जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ छैन’

Share Icon

३ पाैष, काठमाडाैं । राजापुर नगरपालिकाका प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन् ।

वडा नम्बर ७ का वडाध्यक्ष रामु थारुले जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकासमा कुनै कठिनाइ नरहेको बताउनुभयो । राजापुर नगरपालिकामा वडा नम्बर ७ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडाध्यक्ष थारु अहोरात्र खटिरहनु भएको छ ।

उहाँ ठूलो मतान्तरले जित हासिल गरेकोले सबै वडावासीको साथ र सहयोग पाइराख्नु भएको छ । उक्त वडामा दुई वटा विद्यालय रहेका छन् ।
वडाध्यक्ष थारुले भन्नुभयो, ‘म पहिलादेखि नै समाजमा आवद्ध भएको हुनाले होला मलाई जनताकाे सेवा गर्दा खुसि मिल्छ ।  वडावासीको सेवा गर्न मलाई राम्रो लाग्छ, वडावासी सेवामा सदैव सर्मपित भर्इरहने छु ।’

उहाँले वडाको मुख्य समस्या भनेको यहाँ प्रयाप्त मात्रमा मलको अभाव रहेको बताउनुभयो। त्यस्तै उहाँले यो वडाको छेउछाउँमा नदी नाला भएकोले कटानको समस्या पनि वर्षेनी आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ कटानका कारण खेती बालीमा पनि वर्षेनी क्षति हुँदै आइरहेको छ।’ उहाँले यस्ता चुनौतीलाई चिर्दै कृषिलाई अधुनिकीकरण गर्ने तर्फ वडा कार्यालय लागि परेको बताउनुभयो ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हिकका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.