Share Icon

१३ मंसिर, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं.२०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो ।

लमजुङ जिल्लाका ३ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ ।

यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित  राईनास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष देउ बहादुर पाैडेलले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

राईनास नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष देउ बहादुर पाैडेल।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष पाैडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाैडेलले बताउनुभयोे ।

वडा अध्यक्ष पाैडेलले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ । “

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ । “

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष पाैडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । “

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष पाैडेलले बताउनुभयो ।

वडा अध्यक्ष देउ बहादुर पाैडेलले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

Facebook Comments Box

Share Icon