शिक्षा तथा कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्दै वडा अध्यक्ष थारू

Share Icon

३ पाैष, काठमाडाैं । राजापुर नगरपालिका नेपालको लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लामा रहेको छ । राजापुर नगरपालिकामा संघीय संरचनाअनुसार यो गाउँपालिकामा १० वटा वडा कायम रहेको छ ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा विष्णु प्रसाद थारु राजापुर नगरपालिका वडा नम्बर ९ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल हुनु भएको छ।

अघिल्लो कार्यकालमा गरेका विकासका कामले उहाँ जनताको मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । अघिल्लो कार्यकालमा अधुरो रहेको ईसोरीगन्ज देखि टपरा जाने सडकमा ग्रावेल गर्ने कार्य जारी रहेको वडाध्यक्ष थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडक ग्रावेल गर्ने काम पौष महिनाभित्र सकिने छ।’ उहाँले कुलो सरसफाई कार्यक्रम सकिएको बताउनुभयो । साथै उहाँले गोडेना स्वास्थ्य चौकीलाई कम्प्युटर र कुर्सी वितरण गरिएको बताउनु भयो ।

त्यसैगरी वार्षिक बजेटअनुसार वडामा वडाबासीहरुको सहजताको लागि कार्यक्रमहरु जस्तै विवाह, व्रतबन्ध, गोष्ठी तथा सभाको लागि ३ कोठाको सामुदायीक भवन निर्माणको काम जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले शिक्षा क्षेत्रमा वडामा रहेका चारवटा विद्यालयमा झ्याल, ढोका, रङरोगन, डेस्क, बेन्च, निर्माण तथा मर्मत र निःशुल्क शिक्षाको लागि ७५ हजार छुट्याइको बताउनुभयो ।

त्यसैगरी सुत्केरी महिलाहरुको लागि एम्बुलेन्स निःशुल्क र झुल पनि वितरण गर्ने उहाँले बताउनु भयो । त्यस्तै शिक्षा, स्वस्थ्य, सडक, खानेपानी र धार्मिक तथा सांस्कृतिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर सुन्दर र समृद्धि वडा बनाउने योजनाका साथ काम भइरहेको छ।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.