Share Icon

२२ मंसिर, काठमाडाैं ।  बर्दियाको राजापुर वडा नम्बर ६ को कार्यालयले स्वस्थ्य चौकीलाई निःशुल्क एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बुधबार वडाध्यक्ष अशराज न्यापौपानेले स्वस्थ्य चौकी मानपुर टपरालाई एक थान कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

स्वास्थ्य चौकीमा कम्प्युटरको अभावमा काम गर्न गाह्रो भइरहेको अवस्थामा वडा कार्यालयले कम्प्युटर हस्तान्तरण गरेको हो ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष न्यौपानेले प्रदान गरिएको कम्प्युटरले स्वास्थ्य चौकीमा काम गर्न सजिलो हुने बताउनु भयो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारीहरू उपस्थित रहेका थिए ।

 

 

 

Facebook Comments Box

Share Icon