Share Icon

१ कार्तिक, काठमाडाैँ ।  त्रिकोणात्मक टी–२० सिरिजमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा गुल्सन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । ६.१ ओभरमा नेपालले तेस्रो सफलता हासिल गरेको हो ।

गुल्सनले युएईका कप्तान मोहम्मद वसीमलाई क्याच आउट गराए । यसअघि करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै उनले युएईका अलिशान शराफुको विकेट लिए ।

पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पहिलो ओभरको अन्तिम बलमा यूएईका खालिद शाहलाई पेभिलियन फर्काएका हुन् ।

यूएईविरुद्धको खेलमा नेपाल श्याम ढकालले डेब्यु गरेका छन् ।  श्यामसँगै कप्तान रोहित पौडैल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी र अभिनाश बोहरा प्लेइङ ११ मा परेका छन् ।

नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० शृंखला १० कात्तिकसम्म चल्नेछ । नेपालले दोस्रो खेल २ कात्तिकमा हङकङसँग खेल्नेछ । तेस्रो खेल कात्तिक ४ गते नेपालले हङकङसँग नै खेल्नेछ ।

चौथो खेल भने नेपालले ६ कात्तिकका दिन यूएईसँग खेल्नेछ । क्यानका अनुसार खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष स्थानमा रहने दुई टिम १० कात्तिकमा उपाधिका लागि भिड्नेछन् ।

Facebook Comments Box

Share Icon