Share Icon

१ कार्तिक, काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन विश्वासको मत दिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभएकाे छ।

प्रदेशसभा बैठकमा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सबै प्रदेशसभा सदस्यले आफूलाई विश्वासको मत विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउन पनि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयाे।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूले विश्वासको मत दिनु हुनेछ भन्ने विश्वासका साथ विश्वासको मत लिने प्रस्ताव पेश गर्न उभिएको उहाँकाे भनाइ छ । जसले गर्दा प्रदेशसभा विघटन र मध्यावधि निर्वाचनमा जान नदिन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई विश्वासको मत दिन आग्रह समेत गर्नुभयाे।

Facebook Comments Box

Share Icon