प्रदेशसभा जोगाउन विश्वासको मत दिनुस् : मुख्यमन्त्री कार्की

Share Icon

१ कार्तिक, काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन विश्वासको मत दिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभएकाे छ।

प्रदेशसभा बैठकमा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सबै प्रदेशसभा सदस्यले आफूलाई विश्वासको मत विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउन पनि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयाे।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूले विश्वासको मत दिनु हुनेछ भन्ने विश्वासका साथ विश्वासको मत लिने प्रस्ताव पेश गर्न उभिएको उहाँकाे भनाइ छ । जसले गर्दा प्रदेशसभा विघटन र मध्यावधि निर्वाचनमा जान नदिन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई विश्वासको मत दिन आग्रह समेत गर्नुभयाे।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.