केदार कार्की

प्रदेशसभा जोगाउन विश्वासको मत दिनुस् : मुख्यमन्त्री कार्की

प्रदेशसभा जोगाउन विश्वासको मत दिनुस् : मुख्यमन्त्री कार्की

१ कार्तिक, काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन विश्वासको मत दिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभएकाे छ। प्रदेशसभा बैठकमा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सबै प्रदेशसभा सदस्यले आफूलाई विश्वासको मत विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउन पनि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयाे। प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूले विश्वासको मत दिनु हुनेछ भन्ने विश्वासका साथ विश्वासको मत लिने प्रस्ताव पेश गर्न उभिएको उहाँकाे भनाइ छ…
Read More
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

१ कार्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिनुहुने भएकाे छ। कोशी प्रदेश सभाको बैठक विराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बुधबार बिहान ११ बजे बस्ने भएकाे हाे । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बुधबार बस्ने बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने हुनुभएकाे हाे। सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत विद्रोह गरेर नेकपा एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसदसहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दावी…
Read More
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

२८ असाेज, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएकाे छ। शनिबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने कार्यक्रम तय भएको छ । शपथसँगै मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । कार्कीको पक्षमा नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना गरी कुल ४७ जना सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीका कार्कीसँगै नेकपा माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.