Share Icon

२८ असाेज, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएकाे छ।

शनिबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने कार्यक्रम तय भएको छ । शपथसँगै मुख्यमन्त्री कार्कीले आइतबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने जनाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । कार्कीको पक्षमा नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना गरी कुल ४७ जना सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्रीका कार्कीसँगै नेकपा माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी गर्नुभएको थियो ।

दुवै आकांक्षीका पक्षमा ४७-४७ सांसदकाे समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले शनिबार दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोक्नु भएको थियो । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित नभए पछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

Facebook Comments Box

Share Icon