Share Icon

२१ मंसिर, काठमाडाैं । दोस्रो पटक निवाचित भएपछि पहिलो कार्यकाल झै उत्साहका साथ कार्य गरिरहेका छन् राेल्पाका वडाध्यक्ष कबिराज बुढा मगर ।

सबैको सहयोगमा मात्रै चौतर्फी विकास हुनसक्ने राेल्पाका त्रिवेणी गाउँपालिका  वडा नम्बर २ का अध्यक्ष  बुढा मगरले बताउनु भयाे ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण  बन्नुभएकाे छ वडाध्यक्ष बुढा मगर  ।

विकास निर्माणको कार्यमा जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्ष पदमा जिताएका हुन् ।

वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । यो वडामा धेरै परिवर्तन आएको छ । आधा, अधुरा रहेका विकास निर्माणका कार्यहरुले तीव्रता पाएको छ । नयाँ योजना र कार्यहरुलाई तीव्रताका साथ समेटेर अगाडि बढाइरहेको वडा अध्यक्ष बुढा मगरले बताउनु भयो ।

यसअघि २०७४ सालको कार्यकाल पनि बुढा बुढा मगरले गरेका विकासका कारण पुन: २०७९ सालमा  जिताएका हुन् ।

वडाध्यक्ष कबिराजले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ७ महिना पुग्न लागेको र वडाका कार्यलाई फास्टट्रयाक वेमार्फत अगाडि बढाइएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो, “बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौँ, खुसीको कुरा पास भयो । अब भने सोहीअनुरुप काममा गति दिन सुरु गरसकेका छौं ।  वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाएका  छाैं।वडामा भएका राम्रा काम मध्य हामीले टोल, टोलमा गएर उपभोक्ता समिती गठन गरिसक्यौं । योजना सम्झौता गरेर अब सडकहरु निर्माण हुने काम हुँदैछ ।”

उहाँले बाँकी रहेका गत वर्षका याेजना तथा  कार्यहरु पनि अघि बढिरहेको बताउनु भयाे ।

उहाँले भन्नुभयाे, “भर्खरै चाडपर्व सक्यौँ अब चुनावको माहोलले गर्दा केही  ढिलोभएको हो तर पनि हाम्रा विकासका गतिबिधी निरन्तर रूपमा अगाडि बढिरहेका छन् ।  चाडपर्वका बेला बाटो सरसफाई ,बाटोघाटो बनाउने कार्यहरुलाई तीव्रता दिएका छौं ।”

त्रिवेणी गाउँपालिकालाई १ वर्षभित्र त्रिवेणी उज्यालो घोषणा गर्न लागेको समेत उहाँले खुलाउनु भयो । उहाँले करिब १० करोड बराबरको रकम बिनियोजन गरेर  विद्युतमा लगानी गरेको बताउनु भयो ।

पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको यहाँले जानकारी दिनुभयो । उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौँ। उहाँले नगरपालिकामा अन्य पार्टीको बहुमत भएकोले कहिलेकाही चाहेर पनि धेरै काम गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्रुभयो, ‘आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि म निरन्तर लागि परेकाे छु।’

पहिलेको कार्यकाल जस्तै यो कार्यकालमा पनि एकदमै उत्साहका साथ कार्य वडाध्यक्ष बुढा मगरले बताउनु भयाे । सीप मुलक तालिमदेखि युवा तथा महिलालगायत विभिन्न शीर्षकमा बजेट छुट्एको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संकल्प हो। म सदैव जनताको सेवा गर्दै जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

काम गर्न कतिको सहज भन्ने वडा खबरकाे प्रश्नमा उहाँले भन्नुभयाे, ‘मेरो दोस्रो कार्यकाल हो, सबैलाई समेटेर लगेको छु, काम गर्न केही गाह्रो छैन, मलाई एकदमै सहज वतावरण छ । सबैलाई मिलाएर लगेमा गाह्रो केही हुदैँन । पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौँ। गाउँपालिकामा अन्य पार्टीको बहुमत भएकोले कहिलेकाही चाहेर पनि धेरै काम गर्न नसकिने रहेछ ।’

Facebook Comments Box

Share Icon