Share Icon

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवम रमणीय नगरपालिका हो ।

यस नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गा.वि.स.हरू समावेश गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी भीमेश्वर नगरपालिका पुनर्गठन गरिएको हो ।

यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६  र घर परिवार ८,६३९ रहेको छ ।

भीमेश्वर नगरपालिका वडा नं. १ का माधव थामी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष माधव थामी अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष थामीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष थामीले बताउनुभयो ।

अध्यक्ष थामीले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा सडकलाई राखेर योजनाका कामहरु ८० प्रतीशत सम्पन्न गरीसकेका छौ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै निशुल्क आलुको विउवीजन वितरण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

वडा अध्यक्ष थामीले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरे सँगै शिक्षालाई गुणस्तर बनाउन ठाँउ ठाँउमा टिउसन सेन्टर राख्दै हामी लागी परीरहेका छौँ ।”

उहाँले वडामा रहेका युवाहरुलाई खेलकुद र महिलाहरुलाई आार्थिक रुपमा जोड्दै अचार बनाउने तिन दिने तालिम प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ वडामा पहिलो निर्वाचित भएता पनि वडाबासीहरुको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष थामी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon