Share Icon

१७ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. २ का स्टालिन श्रेष्ठ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष स्टालिन श्रेष्ठ अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ निर्वाचित भइसकेपछी भाडाको घरबाट प्रदान हुने वडाका दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरू वडा कार्यालय भवन निर्माण गरेर हाल वडा कार्यालयबाटै प्रदान भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा स्वास्थ्य शिक्षा र कृषिलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले कृषि क्षेत्रमा वडामा रहेका खेतीयोग्य जमिनहरुको माटो परिक्षण गर्ने र वडाको हावापानीअनुसार क्षेत्रहरुलाई वर्गीकरण गरेर तरकारी, फलफुल तथा बालीनाली लगाउने योजना रहेको बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउन विद्यालयका शिक्षक लगाएत अभिभावक र विद्यार्थीहरुलाई कार्यक्रम तथा तालिमहरु प्रदान गर्दै हामी लागी परीरहेका छौँ ।”

त्यसैगरी स्वास्थ्य क्षेत्रबाट प्रदान हुने सम्पुर्ण सेवा सुविधाहरु वडावासीहरुलाई सहजै उपलब्ध गराउने उहाँले बताउनुभयो ।

वडामा युवा तथा महिलाहरुलाई जनचेतनाका कार्यक्रम सँगै सिलाई बुनाई तालिमहरु गर्ने योजना रहेका उहाँले बताउनुभयो । त्यसैगरी दलितहरुलाई सुधारीएको आँगन बनाउन सामान वितरण गरेसँगै उहाँहरुले प्रयोग गर्ने औजारहरुलाई आधुनिकीकरण बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडाबासीहरुको साथ र सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon