कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ
♣ हस्ता विष्ट
६ चैत्र,काठमाडाैँ। आँबुखैरनी गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र भूमीको रुपमा रहेको छ । भौगोलीक रुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतीपाती योग्य भुमी, प्रशस्त मात्रामा वनजंगल ढाकेको छ ।
यस गाउँपालिकामा मुख्यत मगर, गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रितिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ साविकका एक नगरपालिका र दुई गाविसहरु ९ आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा .वि .स. समायोजन भई नेपाल सरकारको मिति २०७३.११.२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ ।
गाउँपालिकाको केन्द्र आँबुखैरनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई विचवाट छिचलेको, र गोरखा राजमार्गले पूर्वपट्टीवाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानी संग नजिक रहेको यस गाउँपालिका विकास र सम्बृद्धिको लागी प्रचुर संभावना रहेको एवं गाउँपालिका विकास र गाउँवासिको स्वर्णिम भविश्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ ।
गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित आँबुखैरेनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सन्तोष गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष सन्तोष गुरुङ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”
सन्तोष गुरुङ वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले शिक्षण पेशामा आबद्ध भए सगंसगै व्यापार व्यवसायमा पनि आबद्ध भएर निरन्तर समाज सेवामा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा वडा र पालिकाबाट जम्मा बजेट १ करोड ७० लाख र प्रदेशबाट ८५ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता बाटो, शिक्षा, स्वास्थ्यलाई दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने,कालोपत्रे गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा मध्यनजर गर्दै वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि प्रदेश र संघसंग सवन्वय गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा शिक्षालाई विशेष जोड दिदै वडामा रहेको सामुदायिक विद्यालयको भवन मर्मत सम्भार गर्ने, भवन निमार्ण र पठन पाठन गर्न सहजको लागि भौतिक संरचना निमार्ण गर्ने योजनामा रहेको छ । ”
त्ससै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्ने अभियानका साथ बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” कृषिलाई व्यवसायमय बनाउन लागि मौरी पालन व्यवसाय गर्न घारहरु वितरण गर्ने, अकबरे खुर्सानी खेति गरेर व्यवसायमय बनाउन १८ देखि २० रोपनि जग्गाहरु लिईसकेको र कामहरु भोलिबाट सुरुवात गर्ने तयारीमा रहेको छ । ”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिम र बासको डस्टविन बनाउने तालिमहरु सञ्चालन गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” युवाहरुको लागि खेलकुदको सामाग्रीहरु वितरण गरेको, भौगोलिक विकटताको कारणले फुटबल मैदान निमार्ण गर्न नसकिएको र भलिबल मैदान निमार्ण गर्ने योजना रहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित भएर आएपछि जेष्ठ नागरिक तथा अपांगहरुलाई वडाबाट दिईने सामाजिक सुरक्षा भत्ताहरु टोल टोलमा गएर वितरण गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







