Share Icon

११ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो  साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स. समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ ।

मधुवन नगरपालिका वडा नम्बर १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मिन बहादुर थापा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७४ सालमा निर्वाचनमा ९१ मतले मात्र पराजित भएपछि मिन बहादुर थापा निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका थापा जनताकाे सेवा तथा विकास निर्माणका धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सालकाे निर्वाचनमा वडा नम्बर १ मा वडा अध्यक्षमा जित्न सफल वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

१ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर १ का अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका थापाले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष थापाले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष थापाले भन्नुभयो, समग्र वडाहरु भन्दा मधुवन नगरपालिका वडा नम्बर १ बिकट तथा पछाडि परेको वडा रहेको वडा हो । बर्दिया राष्ट्रिय निकुञ्ज जोडिएको वडा भएको कारणले जंगली जनावरको प्रकोप रहेको छ ।

वडा नम्बर १ मा बढि क्षति हुने गरेको साथै अन्नबाली किसानले खान नपाएको गुनासो गर्नुभयो। यसलाई रोक्न वडाबाट सबै पहली कदम चालेको छौं । जंगली जनावरको व्यबस्थापन गर्नका लागी सम्बन्धीत निकायमा बिशेष पहल गरेको बताउनुभयो ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा थापाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता बाटोलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो।  म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

मधुवन नगरपालिका वडा नम्बर १ भईरहेका गतिबिधिहरूकाे तस्बिर

Facebook Comments Box

Share Icon