वडाध्यक्ष थापा भन्छन् : उपमहानगरलाई हार्डवयेरले पनि नपत्याउने अवस्था छ

Share Icon

दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष तुलसी थापाले अहिले उपमहानगरपालिकालाई हार्डवेयरले समेत नपत्याउने अबस्था रहेको बताएका छन् ।

उपमहानगरपालिकामा साना तिना योजना पछि पूरा गर्न सक्ने बजेट नहुँदा जनताले भने अनुरुप काम गर्न नसकिएको बताएका छन् ।

तुलसीपुर ४ स्थित हलवार स्वास्थ्य स्तरी समुदायमा आधारित नव शिशु तथा बालरोगको एकीकृत ब्यबस्थापन सेवाको समता, पहुँच र उपयोगिता कार्यक्रममा उनले यस्तो बताए ।

‘नगरपालिका भन्ने वित्तिकै हार्डवयेरले पनि नपत्याउने अबस्था छ । तुलसीपुर भन्न पनि लाज लाग्न थालेको छ,उनले भने,‘यस्तो समस्याका बाबजुत पनि काम गर्नु परेको छ, अहिले बजेट नहुँदा केही गर्न सक्ने अबस्था छैन ।’

तुलसीपुरमा दोहोरिएका वडाध्यक्षहरुले पनि अहिले बेकार भएको प्रतिक्रिया दिने गरेको बताउने गरेका छन् । गाउँपालिकाको वडामा २ करोड बजेट जाँदा उपमहानगरपालिकाका वडामा ५० लाखको बजेटले केही पनि काम गर्न नसकिने उनको दुखेसो छ ।

महालेखा परीक्षण प्रतिवेदनले नै मेट्रो हस्पिटल, मेट्रो कलेज आबश्यक नभएको भनिरहेको अबस्थामा यी दुबै संस्था चलिरहेको अवस्थामा पनि आर्थिक ब्यायभार बढिरहेको उनको भनाइ छ ।

दाङमा प्रतिष्ठान, प्रादेशिक अस्पताल भएको अबस्थामा मेट्रो हस्पिटलको काम नभएको उनको भनाई छ । त्यस्तै सामुदायिक विद्यालयहरुलाई प्राबिधिक विषयहरु पढाउन अनुमति दिनुपर्ने अबस्थामा कलेज सञ्चालन गर्दा त्यसले उपमहानगरपालिकाको हालत नाजुक भएको बताए । साथै उनले स्वास्थ्यकर्मीले हरेक अबस्थामा खेलेको भूमिका महत्वपूर्ण रहेको समेत बताए ।

उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाको आयोजनामा आईतबार हलवार स्वास्थ्य चौकी स्तरीय कार्यक्रम भएको हो ।

उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जीवन खड्कालगायतले सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण दिएका थिए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.