सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा निर्मित खाेप केन्द्रकाे उद्घाटन

Share Icon

काठमाडाैं । सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा निर्मित खाेप केन्द्रकाे उद्घाटन गरिएकाे छ ।

बेलायती नागरिक जस्टिन वैकापको आर्थिक र भौतिक सहयोगमा निर्मित डिठास्वरा खोप केन्द्रकाे उद्घाटन गरिएकाे हाे ।

स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा यस वडाका वडा अध्यक्ष राज कुमार तामाङ रन्जित ज्युको अध्यक्षतामा खोप केन्द्रकाे उद्घाटन गरिएकाे हाे ।

खोप केन्द्रकाे उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष सन्त बहादुर घले तामाङ, पूर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुर्यगढी गाउँ समितिका अध्यक्ष इमान सिङ तामाङ विशाल, वडा न.२ का वडा अध्यक्ष दिपक अधिकारी, कार्यपालिका सदस्य मेनुका भट्टराई,(वडा सदस्य) सुरज लामा तामाङ, रबिन्द्र गोले तामाङ, पूर्व महिला वडा सदस्य बिम माया तामाङ, महाकाली आ.बि .का प्र.अ. बलराम अधिकारी, समाजसेवी बुद्ध लामा, सुर्य ग्लान, सुन सिङ थोकर, पुर्ण सिङ तामाङ, जस्टिन वैकाप लगायत स्थानीय उपभोक्ताहरुको उल्लेखनीय उपस्थितिमा भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम समापन भएकाे हाे ।

साथै साेही कार्यक्रममा सहयोगी बेलायती नागरिक जस्टिन र स्थानीय समाजसेवी पुर्ण बहादुर तामाङलाई सम्मान पत्र साथ दोसल्ला ओढाएर सम्मानित गरिएकाे हाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव दिनेश श्रेष्ठ गर्नु भएकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.